Comments Add Comment

विपन्न र असाय नागरिकको सेवामा जीवन बिताउँछु- सह–महामन्त्री आङ्देम्बे  

रमेश थापा
पाँचथर- नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङ्देम्बे राजनीतिसंगै समाज सेवाको बाटोमा लाग्ने उद्घोष गरे। पाँचथरको दुरदिम्बादेखि च्याङ्थापुसम्म धेरै नागरिक विपन्न र असाय नागरिक भएकाले अबको बाँकी जीवन उनिहरुको सेवामा बिताउँने बताए। पाँचथरको मिक्लाजुङ गाउँपालिका—८ दुरदिम्बाका भीमबहादुर तामाङको घर निर्माण गरी गणतन्त्र दिवसको अवसरमा हस्तान्तरण गर्दै आङ्देम्बेले यस्तो उद्घोष गरेका हुन।

उनले मञ्चमा उभिएर एक अर्कोलाई गालीगलोज गर्ने राजनीतिको परिपाटी भन्दा पनि विपन्न र अठ्यारोमा परेका जनताको सेवामा लाग्नु पर्नेमा जोड दिनुभयो । आफ्नो बाँकी जीवन यस्तै बिपन्न समुदायको लागि बिताउने प्रतिवद्धता जनाए । 

जनसेवा समाज पाँचथरको समन्वयमा आङदेम्बेले आर्थिक सहयोग गरी भीमबहादुर तामाङको घर निर्माण गरेका थिए । घर निर्माण गर्न स्थानीय सामुदायिक वनले काठ र नेपाली सेनाको रणशेर गणले जनसक्ति परिचालन गरेको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले जनाए। 
तामाङ परिवार काठको जीर्ण घरमा बस्दै आएका थिए। उनका २ जना छोराछोरीका साथमा छन । घर हस्तान्त्रण कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तोष शेर्मा, कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती, तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का नेपाली कांग्रेस जिल्ला सभापती रुपनारायण जबेगु लगायतका वक्ताले आङ्देम्बेको सहयोग प्रति खुलेरै प्रशंसा गरेका थिए । उनले यस अघि पनि पाँचथरकै फालेलुङ गाउँपालिका–३ का अपाङ्गता भएका लक्ष्मण राईको घर निर्माण गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ