Comments Add Comment

'भुक्के चप्पल' मा सुरवीर, शारदा र नविनाको अभिनय

काठमाडौँ, २० जेठ। झापाली गायक सुजन शिवाकोटीको स्वर रहेको  भुक्के चप्पल बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा  गायक  शिवाकोटीकै शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक गीतमा निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा  मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरवीर पण्डित, शारदा गिरी र नविना शिलवाल (खुईली)को अभिनय छ । 

भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयवस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ । भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन् । 

सामाजिक क्षेत्रमा काम गर्न रुचाउने गायक शिवाकोटी युवा व्यवसायी पनि हुन् ।  गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

भिडियाे लिंक : https://youtu.be/ng0RBbnipI4

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ