Comments Add Comment

सहकारीका सदस्यलाई विद्युतीय मदानी अनुदान

रमेश थापा
पाँचथर ः
पाँचथरको कुम्मायक गाउँपालिकाको सृर्जनशिल महिला कृषि सहकारी संस्थाकाले सेयर सदस्यहरुलाई अनुदान विद्युतीय मदानी बितरण गरेको छ । कुम्मायक–३ स्थीत सेपेनीमा रहेको सहकारी संस्थाले ७२ जना सेयर सदस्यहरुलाई विद्युतीय मदानी र डिजिटल काँटा बितरण गरेको हो । वडा कार्यालयको २ लाख रुपैयाँको सहयोगमा सहकारीको ७५ प्रतिशत अनुदान र सेयरसदस्यको २५ प्रतिशत साझेदारीमा ७० थान विद्युतीय मदानी र २ थान डिजिटल काँटा अनुदानमा बितरण गरिएको संस्थाकी अध्यक्ष पुष्पादेवी अधिकारीले जानकारी दिइन् । 
वडाका ४५० घरधुरी मध्ये सहकारी संस्था २ सय सेयरसदस्य मध्ये गाईभैसी पाल्ने ७० जना कृषक छनोट गरी अनुदानको मदानी प्रदान गरिएको सल्लाहकार समिति सदस्य राम प्रसाद गजुरेलले जनाए । कृषि पेसालाई यात्रिकरण गर्दै उत्पादनशिल क्षेत्रमा जोड दिनुपर्ने कार्यक्रमका प्रमुख अथिति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले बताए । उनले किसानले उत्पादन गरेको कृषि जन्य बस्तुको सहकारीले संकलन गरी बजारसम्म पु¥याउन सहयोग गर्नुपर्ने बिषयमा समेत जोड दिए । 
कार्यक्रममा वडाले चालु आर्थिक वर्षमा वडाबासीलाई आवश्यकताका आधारमा २० थान मिनिमिल अनुदानमा बितरण गर्न लागेको वडाअध्यक्ष बाबुराम कार्कीले बताए । वडाको बजेटबाट मिनिमिल खरिद प्रकृया अघि बढाएकाले केही दिनमै बितरण गर्ने लक्ष्य राखिएको अध्यक्ष कार्कीको भनाइ छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ