रमेश थापा
पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका प्रेम नेम्वाङको घर निर्माण हुने भएको छ। नेम्वाङको घर निर्माण गर्न संविधान सभासदस्य तथा नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङ्देम्बेले ५५ हजार नगद सहयोग गर्ने भएका छन ।
आगलागीबाट नेम्वाङले छोरा मकानसिं नेम्वाङलाई गुमाएका थिए। साथै घरमा भएको लत्ताकपडा, भाडावर्तन र अन्नपात जलेर नष्ट हुदा दैनिक जीवन कष्ठकर रुपमा बिताउदै आएका छन। टहरोमा जीवन बिताउदै आएका नेम्वाङको घर निर्माण गर्न संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका सह–महामन्त्री भिष्मराज आङ्देम्बेले ५५ हजार नगद सहयोग गर्ने भएका हुन ।
घर निर्माण गर्दा आवश्यक पर्ने जस्तापाता फाल्गुनन्द–१ नं.वडा कार्यालयबाट उपलब्ध हुने भएको छ। त्यस्तै काठपात पीडित प्रेम नेम्वाङले व्यवस्थापन गर्ने भएपछि घर निर्माण गर्न लागिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताए। जनसेवा समाजको समन्वयमा घर निर्माण गर्न लागिएको अधिकारीको भनाइ छ । आङ्देम्बेले फालेलुङ र मिक्लाजुङका दुई विपन्न नागरिकको घर निर्माण गरिसकेका छन ।

.png)