रमेश थापा पाँचथर
यासोक- गएको कार्तिक महिनामा आएको अविरल वर्षादको कारण देशैभर ठुलो धनजनको क्षति भयो । देशकै सबै भन्दा बढी क्षति पाँचथरले भोग्नु प¥यो । बिस्तारै लयमा फर्किदै गएको पाँचथरको जनजीवनलाई थप राहत दिन स्थानीय सरकार देखि दाताहरुले सकृयता बढाउदै आएका छन । पछिल्लो समय याक्थुङ कुरुम्वाङ सङजुम्भोले बाढी पहिरो पीडित सहयोग गरेको छ । जिल्लाको मिक्लाजुङ, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका ६७ घरधुरीलाई राहत सङजुम्भोले बितरण गरेको हो ।
मिक्लाजुङको आरुबोटे, तुम्बेवाको हाङगुम र फाल्गुनन्द गाउँपालिकाको आङसराङका ६७ घरधुरीलाई राहत बितरण गरिएको हो । तीन वटै गाउँपालिकाका बाढी र पहिरो पीडित कुरुम्बाङ परिवारहरुको क्षतिको तीन वर्गमा बर्गीकरण गर्दै प्रति घरधुरी ७ हजार, २० र २५ हजारका दरले ६७ घरधुरीलाई रकम बितरण गरेको सङजुम्भोका केन्द्रिय महासचिव हिमाल कुरुम्बाङले जानकारी दिनुभयो । सङजुम्भोले अमेरिका, बेलायत, युके, हङ्कङ, काठमाडौ र सुनसरीबाट रकम संकलन गरी पीडितलाई सहयोग गरेको थियो ।
त्यस्तै ब्रेन ट्युमरको समस्यामा परेका हाङ्सिङ कुरुम्बाङलाई २० हजार र बाढी पहिरोबाट घाइते बुधमाया माखिमलाई ३० हजार रमक सहयोग गरेको सङजुम्भोले जनाएको छ । राहत बितरण कार्यक्रममा सङजुम्भोका केन्द्रिय अध्यक्ष तेजेन्द्र कुरुम्बाङ, केन्द्रिय सदस्य प्रेम कुरुम्बाङ, सुनसरी अध्यक्ष हर्क कुरुम्बाङ, पाँचथर अध्यक्ष रणधोज कुरुम्बाङ, राहत बितरणका सल्लाहाकार दिलेन्द्र कुरुम्बाङ लगायतको उपस्थीति रहेको थियो ।
.png)