Comments Add Comment

फाल्गुनन्द गाउँपालिकामा हाजिरीजबाफ प्रतियोगिता सम्पन्न

दिपक दुलाल नवमीडाँडा
नवमीडाँडा :- पाँचथरको फाल्गुनन्द गाउँपालिकामा माध्यमिक विद्यालय स्तरयि हाजिरीजबाफ प्रतियोगिता सम्पन्न भएको छ ।
फाल्गुनन्द गाउँपालिकामा सञ्चालित सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङ प्रथम, घुर्विसे पञ्चमी माध्यमिक विद्यालय द्धितिय, सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडा तृतिय र शान्ति बालविकास आवासिय माध्यमिक विद्यालय शान्त्वना भएका छन्  ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ८ हजार, द्धितियलाई ६ हजार र तृतिय हुने विद्यालयलाई ४ हजार नगद र सहभागि सम्पूर्ण  विद्यार्थीहरुलाई खाजाखर्च वापतको रकम सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
फाल्गुनन्द गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय बहुक्षेत्रिय पोषण कार्यक्रम शिक्षा शाखा फाक्तेप पाँचथरले आयोजनामा गरेको कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।
फालगुनन्द गाउँपालिकाका योजना शाखा प्रमूख राजेन्द्र भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रम फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीर बहादुर कुरुङ्वाङको प्रमूख आतिथ्यता साथै उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्बे र प्रमूख प्रशासकिय अधिकृत निर्मल तुम्रोकको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
फालगुनन्द गाउँपालिका बहुक्षेत्रिय पोषण कार्यक्रम संयोजक गोपाल घिमिरे साथै विषयगत शाखाका प्रमूखहरु समेतको उपस्थिती रहेको कार्यक्रम फाल्गुनन्द गाउँपालिकाका शिक्षा शाखा प्रमूख बाबुराम राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ