Comments Add Comment

सुनकोसी नदीमा बेपत्ता दुई कर्मचारीको शव फेला

सिन्धुली, २३ जेठ

गत शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी मंगलबार साँझ फेला परेको छ। 
गाडीमा दुई जनाको शवसहित भेटिएको सिन्धुली प्रहरीले जनाएको छ । एक जना अझै बेपत्ता छन् । 

सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिएपछि गाडी र त्यसमा सवार दुई जनाको शव भेटिएको प्रहरीको भनाइ छ । शवको पहिचान भने हुन सकेको छैन ।

नदीमा चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक प्रयोग गरी डाईभर्सन गरेपछि मंगलबार नदीबाट गाडी र शव निकालिएको हो ।

काठमाडौंबाट खोटाङ तर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।

दुर्घटनामा सीटीईभीटीका प्रशासन निर्देशक भानु नगरपालिका- ९ तनहुँका ५७ वर्षीय कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका-७ पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका-५ इलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ