Comments Add Comment

नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

नुवाकोट, २७ जेठ

नुवाकोटमा केरेन्ट लागेर एक जनाको ज्यान गएको छ । तादी गाउँपालिका-४ ढाँडेमा रहेको शिवमन्दिरमा बिजुलीको तार वायरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको एक जना घाइते भएको प्रहरीको भनाइ छ।

स्थानीय २१ वर्षीय सुमन तामाङको करेन्ट लागेर मृत्यु भएको हो । अर्का स्थानीय १८ वर्षीय सरोज मिजार घाइते भएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ । तामाङको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ