Comments Add Comment

यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, अमेरिकन डलरकाे भाउ घटयाे

काठमाडौ,  २८ जेष्ठ । नेपाल राष्ट्र बैंकले आईतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४२ रूपैयाँ २९ पैसा रहेको छ।  हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२  पैसा र बिक्री दर १३२ रूपैयाँ ४२  पैसा रहेको थियो ।साथै, युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसामा काराेबार भएकाे थियाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ १० पैसा र बिक्री दर १६५ रूपैयाँ ८५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ७३ पैसा र क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १५ पैसामा काराेबार गर्न सकिनेछ । 

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा तथा साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ११ पैसा र बिक्रीमा ३५ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ