Comments Add Comment

शिक्षक महासंघ कुम्मायकको अध्यक्षमा नेम्वाङ निर्वाचित

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिमा सम्पन्न भएको शिक्षक महासंघ कुम्मायकको अध्यक्षमा  फुलकुमारी नेम्वाङ निर्वाचित भएकी छन्। पृथ्वी मा.वि.को हलमा शनिवार सम्पन्न भएको महासंघको दोस्रो अधिवेसनबाट पृथ्वी मा.वि.की साहयक प्र.अ नेम्वाङ सर्व सहमतीमा निर्वाचित भएकी हुन।
“अधिकार र कत्तब्यका लागि शिक्षक एकता” भन्ने मुल नारा सहित सहमतीमा नेम्वाङको अध्यक्षता १५ सदस्यीय शिक्षक महासंघको गाउँ कार्य समिति गठन गरिएको हो। समितिको सह–अध्यक्ष गिता खड्का, उपाध्यक्ष राजेन्द्र प्रसाद बुढाथोकी र सचिव देवी कुइकेल लगायत १५ सदस्य समिति गठन गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ