Comments Add Comment

बुद्व आधारभुत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा र स्टेशनरी

यासोक- पाँचथरको फिदिम नगरपालिका ५ स्थीत बुद्व आधारभुत विद्यालयमा अध्ययनरत २२ छात्रछात्रालाई न्यानो कपडा, टोपी र स्टेशनरी वितरण गरिएको छ । जनसेवा समाज पाँचथरको संयोजन तथा फिदिम नगरपालिका-२ निवासी अम्बिका बास्कोटाको प्रायोजनमा २२ छात्रछात्रालाई न्यानो कपडा, टोपी र स्टेसनरी प्रदान गरिएको हो ।
सोही अवसरमा कार्यक्रमका प्रमूख अतिथि फिदिम नगरपालिका ४ का वडाध्यक्ष प्रकाश गुरुङ, बिशेष अतिथि फिदिम ५ का वडाध्यक्ष लोकनाथ भण्डारी, प्रायोजकका छोरा अनिल बास्कोटा, जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारी र कोषाध्यक्ष देविमाया बुढाथोकी तथा विद्यालयकी प्रधानाध्यापक सीता भण्डारी लगायतले उक्त सामग्री वितरण गरेका थिए । 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ