Comments Add Comment

समुदाय र विद्यालय बीचको सम्बन्ध बढाउन फाल्गुनन्द गाउँपालिका प्रयत्नशील

युद्धबहादुर बोहोरा

पाँचथरः शिक्षा क्षेत्रमा राज्यको लगानी प्रसस्त भएता पनि देशका हरेक सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या गिर्दो अवस्थामा छ। भौतिक संरचना , दक्ष शिक्षक, पर्याप्त राज्यको लगानी हुदाँ समेत विद्यार्थीको आकर्षण सामुदायिक विद्यालयमा किन? कम्जोर बन्दै गएको छ भन्ने चिन्ता र समसामयिक सवाल दिनहुँ वहसको विषय भएको छ। यसमा राज्य पक्ष, शिक्षक, विद्यार्थी र अभिभावक मध्ये कुनै एक पक्ष मात्रै दोषी छ भनेर अरु सरोकारवाला उम्कन मिल्दैन। बरू, हरेक समस्याको अध्ययन ग्राँसरुटबाटै गर्नसके सहि उपचार खोज्न र समाधान गर्न सहयोग मिल्छ भन्ने मान्यतालाई आधार मानेर ज्ञान पुञ्ज सिर्जनशील प्रतिष्ठान, इलामले ग्रामीण स्तरमा शिक्षा क्षेत्रसंग सम्बन्धीत विभिन्न कार्यशाला गोष्ठी, तालिम, प्रशिक्षण र सहजीकरणका कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसैबीच,यस प्रतिष्ठानले फाल्गुनन्द गाउँपालिका शिक्षा शाखाको आयोजनामा पालिकाका ४० वटा सामुदायिक विद्यालयको स्तरोन्नतिमा व्यवस्थापन समिति अध्यक्षहरुको भूमिका विषयक दुई दिने गोष्ठी मंगलबार सम्पन्न गरेको छ।

संघीय शिक्षा ऐन,नियम र स्थानी शिक्षा नियमावली बारे जानकारी समेत गराउँदै ऐन,नियमले विव्यस अध्यक्षहरुबाट के आसा र अपेक्षा गरेको छ। के गर्दैछौं र के गर्नु पर्छ? विद्यालयको लेखा व्यवस्थापनको क्षेत्रमा जान्नै पर्ने कुराका, विव्यसको काम, कर्तव्य र अधिकार, विद्यालयमा हुने योजना तर्जुमा र कार्यान्वयन गर्न के गर्नु पर्दछ? लगायतमा सहजीकरण गराइएको शिक्षा शाखा प्रमुख बाबुराम राईले जानकारी दिए। पालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा सहयता पुर्याउने उदेश्यले विभिन्न तालिम, गोष्ठीसहित यसअघि पनि विद्यार्थी र अभिभावक प्रोत्साहन तथा सवै विद्यालयका प्रधानध्यापकहरुसंगको अन्तरक्रिया संचालन गरिसकेको उनले बताए। विव्यस अध्यक्षहरुको सहभागीता रहेको यस गोष्ठीमा प्रतिष्ठनका अध्यक्ष खडानन्द अधिकारी, प्रशिक्षक पूर्ण प्रसाद गौतम, प्रतिनिधि जयनारायण भट्टराई, लोक गायक तथा संस्थाका प्रतिनिधि देवी गौतमले सहजीकरण गरेका थिए। प्रशिक्षणमा जेनेरेशन ग्यापले परिवार र समाजमा हुने असमझदारी र त्यसका केही उपायबारे परामर्श, पुस्तान्तरण बारेमा जानकारी, अभिभावक शिक्षा सम्बन्धी छलफल, विद्यालयहरूको शुक्ष्म विषेशण कसरी गर्न सकिन्छ, विद्यालयहरुमा बालमैत्री शिक्षण, क्रियाकलापमा आधारित सिकाइ, शिक्षामा नयाँविधि र प्रविधिको बारेमा जानकारी गराएका थिए।

२०७६ साल असोज १४ गते सेवा प्रदायक संस्थाको रुपामा स्थापना भएको यस संस्थामा सेवानिवृत्त शिक्षकहरु र हुन बाँकी रहेका केहि शिक्षकहरूद्वारा सञ्चालन भएको छ। संस्थाले आवश्यकता अनुसार शिक्षण, प्रशिक्षण, सहजीकरण, अन्वेषण र सिर्जनशीलताको संयोजन गर्ने उद्देश्यले स्थापना भएको हो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभटी) बाट तीनवटा अल्पकालीन तालिम लिन भनेर सम्बन्धन प्राप्त गरेको छ। लेखापढी व्यवसायी, गायन र मनोसामाजिक परामर्श तीनवटा विषयलाई सम्बन्धन दिएको छ। यस संस्थाले स्थानीय पाठ्यक्रम निर्माणमा विशेष भूमिका खेल्दै आएको जनाइएको छ।

जबसम्म विद्यालय र समुदाय बीचको सम्बन्ध सुमधुर हुँदैन, तबसम्म विद्यालयको उन्नत हुँदैन भन्ने कुरालाई मध्यनजर गर्दै यस विषयमा सरोकारवालसंग छलफल गर्न पालिकाले पहल गरेको पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताए। शिक्षालाई समुदायस्तरबाट सुधार गर्न सके स्थानीय क्षेत्रबाट उच्च शिक्षा हाँसिल गर्न गाउँबाहिर जानुपर्ने वाध्यता अन्त्य हुने भएकाले यस कुरामा सबैको ध्यानकेन्द्रित गर्न उपाध्यक्ष ठाकुरसिं नेम्बाङले गोष्ठीमा सहभागीहरुलाई सल्लाह दिए । ४० वटा पालिका भित्रका विद्यालयमा २८० जना सदस्य विव्यसमा रहेको ,नेपाल सरकारको स्वीकृत दरबन्दीमा २४८ शिक्षक,२४ जना मातृभाषा शिक्षक, २० जना स्वयं सेवक शिक्षक,४० जना बाल शिक्षामा र ११ जना संघ र प्रदेशबाट अनुदान गरी जम्मा पालिका भित्र ३४३ जना शिक्षक रहेको प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । करीब पाँच सय जना कर्मचारी पालिका भित्र रहेको बताए । सबै कर्मचारीले समुदायसम्म सामुदायिक विद्यालयलाई सुधार गर्ने आफ्नो ठाउँबाट पहल गर्नु पर्ने सन्देश पुर्याउन पनि आग्रह गरे । विगतमा विद्यार्थी संख्याको चापले कक्षाकोठा खाली खाँचाखाच हुन्थे तर आजकाल भुतबंगाला जस्तै भवनहरु खाली हुन थालेको बताए । हाल सामुदायिक विद्यालयमा चार हजार पाँचसको सेरोफेरोमा मात्रै विद्यार्थी संख्या पालिकास्तरमा हुनु भनेको निक्कै न्युन संख्या भएको उनले जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ