Comments Add Comment

पाँचथर बाढीपहिरो: बेलिब्रिज निर्माणसंगै बैकल्पिक उपायको खोजी 

रमेश थापा 
पाँचथर : पाँचथर ताप्लेजुङ जोड्ने मेची राजमार्ग अन्तरर्गत हेवाखोलाको पक्की पुल बाढीले बगाएपछि बैकल्पिक उपायको खोजी गर्न थालिएको छ। गत असार २ गतेको वर्षाका कारण दुबै जिल्ला जोड्ने पुल बगाएपछि मेचीराजमार्गको पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको थियो। 
दुबै जिल्लालाई तत्काल सडक संजालमा जोड्दै यातायात सुविधामा जोड्न बेलीब्रिज निर्माणको काम अघि बढाएको सडक डिविजन कार्यालय इलामले जनाएको छ। मौसमले साथ दिए बेलीब्रिज निर्माणको काम सक्न एक सातासम्म लाग्ने जनाएको छ। पुल बगाएपछि पाँचथरका ३ पालिका र छिमेकी जिल्ला ताप्लेजुङमा राहत समाग्री ढुवानी गर्न समस्या परेको छ। अत्यावश्यक वस्तुहरुको ओसारपसार तथा ढुवानीलाई सहज बनाउन बैकल्पिक उपायको रुपमा अस्थाइ तुईन निर्माण गरी दैनिक उपभोग्य बस्तु पठाउन थालिएको छ। 

त्यस्तै बैकल्पिक उपायको लागि भन्दै स्थानीय युवा, बिभिन्न संघसंस्था र सुरक्षाकर्मीहरुको सकृयतामा बाँसको फड्के बनाउन थालीएको छ । फड्के निर्माणको कार्य चाँडै पुरा गर्ने नेपाली सेनाले जनाएको। फड्के निर्माणले यात्रुलाई आ–आफ्नो गन्तव्य पुग्न खोला तरेर जान सघाउने अपेक्षा गरिएको छ । खोलामा पानीको बहाप घट्दै गएपछि तत्काल यातायात सञ्चान गर्न डाइभर्सन निर्माणको काम पनि सुरु भएको छ । सडक डिभिजन कार्यालय मार्फत डाइभर्सनको लागी आवश्यक पर्ने होमपाइपहरु हेवाखोलामा पु¥याएको छ। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ