Comments Add Comment

रुसी प्रहारवाट ६ युक्रेनीको मृत्यु, दर्जनौ घाइते

किभ, ३२ जेठ । युक्रेनको ओडेसा सहरमा रुसी मिसाइल आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ ।

रुसको सेनाले युक्रेनको दक्षिणी सहर ओडेसामा रातारात मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो  । 

उक्त हमलामा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । 

आक्रमणबाट धेरै घर, पसल र गोदाममा क्षति पुगेको छ । रुसी सेनाले सो क्षेत्रमा प्रहार गरेका नौवटा क्रुज मिसाइल र ड्रोनलाई भने युक्रेनी सेनाले खसालिएको दिएको छ ।

क्षेत्रीय प्रशासनले कालो सागरबाट भएको आक्रमणमा समुद्रबाट प्रहार गरिएका चारवटा कालिबर क्रुज मिसाइलहरू समावेश भएको बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ