Comments Add Comment

बनेपाबाट लागुऔषधसहित दुईजना पक्राउ

काभ्रे, १ असार । बनेपा नगरपालिका-८ बाट अवैध लागुऔषध खैरो हेरोईन ६५ ग्राम, डिजिटल तराजु १ थान र नगद  ३ लाख १९ हजार रुपैयाँसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका-९ घर भएका ३० वर्षीय लाक्पा शेर्पा र काभ्रे तेमाल गाउँपालिका-३ घर भएकी १८ वर्षीया किशोरी रहेका छन् ।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त लागूऔषध, तराजु र नगदसहित फेला पारी पक्राउ गरेको हो । 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ