Comments Add Comment

झापामा कैदीबन्दीकाे मृत्यु

भद्रपुर, ४ असार  । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मेचीनगर नगरपालिका-६ निवासी २८ वर्षीय  देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ । 

आइतवार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिएका छ्न् ।

१६ असार २०७८ देखि  लागुऔषध मुद्दामा कारागारमा जेल जीवन विताइरहेका थापाको कैद समयावधि ५ वर्ष रहेको कारागार प्रमुख पनेरूले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ