Comments Add Comment

बेलायती राजा चार्ल्स द्वितीयलाई अण्डा प्रहार गर्ने पक्राउपछि रिहा

एजेन्सी
लन्डन, २१ मंसिर

बेलायती प्रहरीले एक सार्वजनिक कार्यक्रममा राजा चार्ल्स द्वितीयलाई अण्डा फ्याँकेको आशंकामा एक २० वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । एक महिनाअघि उत्तरी बेलायतस्थित योर्कको भ्रमणको क्रममा राजा चाल्र्स अण्डा प्रहारबाट मुश्किलले बचेका थिए । ७४ वर्षीय राजा चार्ल्स सामुदायिक नेताहरू र स्वैच्छिक संस्थाहरूलाई भेट्न, नयाँ सिख मन्दिर उद्दघाटन गर्न र नयाँ सार्वजनिक यातायात प्रणालीको भ्रमण गर्न लुटन गएका थिए थिए ।

नोभेम्बर ९ मा योर्कमा, ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजाले होइन’ भनेर चिच्याउँदै एक व्यक्तिले चार्ल्स र रानी कन्सोर्ट क्यामिलालाई अण्डा फालेका थिए । 

अभियुक्त पछि धरौटीमा रिहा भएका थिए । सो घटना एक महिनाअघि भए पनि बेलायतको प्रहरीले मंगलबार साँझ मात्र सार्वजनिक गरेको हो । सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि राजा चार्ल्स द्वितीय बेलायतको राजा भएका थिए ।  १० दिने राष्ट्रिय शोकपछि महारानीको अन्त्येष्टि गरिएको थियो ।

 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ