रमेश थापा
पाँचथर– पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाप्सिबुङका अग्नीपीडित प्रेम नेम्वाङको परिवारलाई कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्वेले नया घर बनाइदिएका छन।
गत बैशाख २८ गते भएको आगलागीबाट घर सहित छोरा समेत गुमाएका नेम्वाङ परिवारलाई आङदेम्वेले नया घर बनाइदिएका हुन। नेम्वाङको घरमा आगलागी हुदा उनका छोरो मक्खन बहादुरको जलेर मृत्यू भएको थियो। घर र छोरो गुमाएपछि बारीमा पाल लगाएर गुजारा चलाँउदै आएका नेम्वाङ परिवारलाई जनसेवा समाज पाँचथरको पहलमा नया घर निर्माण गरिएको हो।
घर निर्माणका लागि आङदेम्वेले ५५ हजार नगद सहयोग गरेका थिए । यस्तै श्रमिक र जस्तापाता फाल्गुनन्द १ को वडा कार्यालयले उपलव्ध गराएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए।
नेम्वाङका श्रीमती र छोरी छन । उनकी छोरीमा पनि बौद्विक अपाङ्गता छिन। उनीहरुका लागि निर्माण गरिएको घर सोमवार हस्तान्तरण गरिएको छ। घर हस्तान्तरण कार्यक्रममा बोल्दै आङदेम्वेले पीडीतहरुलाई गाँस बास र कपासको जोहका लागि आफु निरन्तर लाग्ने प्रतिवद्वता जनाए।
सोही अवसरमा प्रदेश सभा सांसद मैया श्रेष्ठ लावती, वडाध्यक्ष र होमप्रसाद आङदेम्वे लगायतको उपस्थिति थियो । काठ, ढुङ्गा माटो र टिनको प्रयोग गरेर बनाइएको घरमा एक तला र २ वटा कोठा छन । यसैविच जिल्लामा सञ्चालित अपाङगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमले नेम्वाङ परिवारलाई राहत स्वरुप २५ हजार रुपैंया नगद हस्तान्तरण गरेको थियो।

.png)