Comments Add Comment

फाकफोकथुम गाउँपालिकाद्वारा उद्यमी महिलालाई सम्मान

पाँचथर- इलामको फाकफोकथुम गाउँपालिकाले उद्यमी महिलालाई सम्मान गरेको छ । गाउँपालिकाको चालु आ.व. २०७८।०७९ मा सञ्चालित उपाध्यक्षसंग उद्यमी महिला दिदिबहिनी सम्मान कार्यक्रम मार्फत नगद तथा सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।

कार्यपालिकाको निर्णअनुसार गाउँपालिकाले करको दायरामा आएका ३ वटा सामुहिक महिला उद्यमीलाई रु.५० हजारका दरले र गाउँपालिकाका अन्य २३ जना उद्यमी महिलाहरुलाई जनही रु. २५ हजार गरी जम्मा २६ महिला उद्यमीलाई नगद सहित सम्मान पत्र द्वारा सम्मान गरेको हो ।

सम्मान कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले लक्षित वर्गहरुलाई बजेट बिनियोजन गरी आय आर्जन बढाउन सहयोग पुग्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले समाजमा पछी पारिएका महिलाहरुलाई उद्यम क्षेत्रमा प्रेरित गर्ने उद्देश्यले सम्मान पत्र र नगद सहित उपाध्यक्षसंग उद्यमी महिला सम्मान कार्यक्रम मार्फत पुरस्कृत गरिएको बताउनुभयो ।

कार्यममा बिभिन्न महिला उद्यमीहरुले आफ्नो व्यवसाय सञ्चाललनमा देखा परेका समस्याको जानकारी गराएका थिए । सो कार्यक्रमको उपलक्ष्यमा महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनहरुको माला बनाई उपाध्यक्ष राईलाई धन्यवाद ब्यक्त गर्दै माला लागईदिएर सम्मान गरेका थिए । 

कार्यक्रम फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) को प्रमुख आथित्यता, महिला उद्यमी महासंघ फाकफोकथुम गाउँपालिका अध्यक्ष ममता खनालको आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ