Comments Add Comment

हिन्दू स्वयंसेवक संघको २० दिने प्रशिक्षण सम्पन्न

सप्तरी, ८ असार । हिन्दू स्वयंसेवक संघ नेपालले सप्तरीको भारदहमा आयोजना गरेको २० दिने संघ शिक्षा वर्ग सम्पन्न भएको छ।

देशैभरबाट आएका स्वयंसेवकहरू २० दिन सम्म आवासीय प्रशिक्षण लिएका थिए। यस प्रशिक्षणको क्रममा प्रशिक्षार्थी स्वयंसेवकहरू लाई शारीरिक, सामाजिक, वैचारिक, बैौद्धिक प्रशिक्षण दिइएको थियो। समापन समारोहमा भारतको राष्ट्रीय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख आलोक कुमारको विशेष उद्बोधन थियो।

समापन समारोहका प्रमुख अतिथि सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद नवल किशोर साह थिए। देशैभर बाट आएका स्वयंसेवकहरूले एकै ठाउंमा २० दिन सम्म बसेर प्रशिक्षण लिएका थिए। बिहान ५ बजे जागरण संगै शुरू हुने प्रशिक्षणमा शारीरिक व्यायाम, संघ शाखा, खेल हुन्थ्यो भने दिउंसो विभिन्न समसामयिकी विषयमा बौद्धिक प्रशिक्षण दिइन्थ्यो। राष्ट्र, राष्ट्रीयता, देशभक्ति, धर्म संस्कृति, आध्यात्म जस्ता विषयहरूमा दैनिक रूपमा परिचर्चा हुन्थ्यो भने सायंकाल फेरि पनि संघ शाखा र शारीरिक दक्षताको प्रशिक्षण दिइन्थ्यो।

सबै स्वयंसेवकहरूसंगै संघका पदाधिकारी र प्रशिक्षकहरू सबै एकै ठाउंमा बस्ने, खाने, सुत्ने समान व्यवस्था गरिएको थियो। समाजका विभिन्न व्यक्तित्वहरूबाट विभिन्न सामाजिक, सांस्कृतिक र इतिहासको विषयमा सधै एक घण्टाको बौद्धिकको कार्यक्रम पनि हुने गरेको थियो।

हिन्दू स्वयंसेवक संघको नियमित शाखामा आउने, ७ दिने प्राथमिक शिक्षा वर्गबाट प्रशिक्षित र कम्तिमा पनि एसएलसी उत्तीर्ण छात्रहरू मात्रै २० दिने संघ शिक्षा वर्गमा सहभागी हुने प्रावधान रहेको छ। शाखाको माध्यमले असल व्यक्तित्व निर्माण गर्ने उद्देश्यका साथ आयोजना भएको संघ शिक्षा वर्गमा सबै प्रशिक्षार्थीहरूलाई व्यक्तिगत जीवनमा सुचिता राख्दै आफ्नो समाज र देशको लागि कसरी योगदान दिन सकिन्छ भन्ने कुराको ट्रेनिंग दिने गरिन्छ। २० दिने प्रशिक्षण प्राप्त गरेका स्वयंसेवकहरूले आउने दिनमा विभिन्न सामाजिक कार्यहरूमा योगदान दिने विश्वास गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ