रमेश थापा
पाचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले आनिपान पठनपाठन सम्बन्धी शिक्षकलाई लिम्बूभाषा लिपि प्रवर्द्धन सम्बन्धि प्रशिक्षण गरेको छ। गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ कुम्मायकले आनिपान पठनपाठन शिक्षण बारे शिक्षक शिक्षिकाहरुलाइ लिम्बूभाषा लिपि सम्बन्धि दुइदिने प्रशिक्षण गरेको हो। बोलीचालीको भाषाको रुपमा हराउदै गएको लिम्बूभाषा र सिरिजङ्गा लिपिको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले प्रशिक्षण गराइएको कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए।
कुम्मायक–१ को वडाले लिम्बूभाषालाई सरकारी कामकाजी भाषाको रुपमा लागु गर्न लागेको जनाएको छ। वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले लिम्बूभाषा लिपि सस्कार र सस्कृतीको बारे संरक्षण र सम्वर्ध्दनका लागि सधै लागि परेको बताए। उनले आगामी दिनमा सबै जात, धर्म र संस्कृतिको संरक्षण गर्दै जाने बिषयमा जोड दिए।
प्रशिक्षणका सहभागी शिक्षकहरुले आनिपान लिम्बूभाषा तथा लिपि पठनपाठनमा काम गरिरहेका शिक्षकहरुको तलव वृद्धि गर्नुपर्ने माग गरे। उनिहरुले गाउँपालिकाको १८ सामुदायिक बिधालयमा लिम्बूभाषा लिपिको पठनपाठनका लागि छुट्टै दरबन्दी कायम गर्नुपर्ने माग गरेका थिए। प्रशिक्षणका सहभागी ४५ जना शिक्षक लगायत अन्यलाई प्रमाण पत्र बितरण गरिएको थियो। कार्यक्रमको लिम्बूभाषा विकास संस्था लिल्डाका अध्यक्ष दिलेन्द्र कुरुम्बाङ र नेपाल शिक्षक महासंघ कुम्मायक गाउँपालिका अध्यक्ष तथा पृथ्वी मा.वि.का साहायक प्र.अ फुलकुमारी नेम्वाङले सहजिकरण गरेका थिए ।
.jpg)
.png)