Comments Add Comment

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा आङ्देम्बे निर्वाचित 

रमेश थापा 
पाँचथर : नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा कुमार आङदेम्बे (अभि) निर्वाचित भएका छन । इजरायलको तेल अभिबको लेबनिन्की ९९ मा भएको साधारण सभा मार्फत एक वर्षे कार्यकालको लागि  सर्व सहमतमा आङदेम्बे  निर्विरोध निर्वाचित भएका हुन ।
साधारण सभाको प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलकी राजदुत कान्ता रिजालको उपस्थितिमा भएको अधिवेशनले  कुमार आङ्देम्बे लिम्बुको नेतृत्वमा १४ सदस्य नयाँ कार्य समिति चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्ष मनु श्रेष्ठ, उपाध्यक्षहरुमा लीला थापा मगर, सर्किनी ज्याबा ह्योल्मो, फुर्वा शेर्पा, र रिता तमुस्यो चयन भएका छन । त्यस्तै महासचिवमा रन्जना ग्याबक तामाङ प्रथम सचिवमा बिमला श्रेष्ठ, सचिवहरुमा छिरीङ म्हेन्दो ह्योल्मो, जमुना थापा मगर, पासाङ डोमा शेर्पा, तुल्सा तुम्बाहाङ्फे लिम्बु, चयन भएका छन । समितिको कोषाध्यक्षमा  – सोनी तमुस्यो सह–कोषाध्यक्षमा – रिता घ्लान तामाङ चयन भएका छन
त्यस्तै सल्लाहकार समितिहरुमा नानीमाया योन्जन तामाङ, समिर स्याङ्बा ह्योल्मो, मन मास्की राना मगर, स्वस्तिका  श्रेस्ठ, नुमा काङ्बा बखिम लिम्बु, ल्हाक्पा लामा शेर्पा, ओम तमु, संरक्षकहरुमा तेन्जिङ शेर्पा, सुन्दर सिंह योन्जन तामाङ, निर्मला तमुस्यो, नयन इम्सोङ लिम्बु, पेम्बा डोल्मा श्याङ्बा ह्योल्मो, मिङ्मार शेर्पा रहेको महासचिव रन्जना ग्याबक तामाङले जानकारी दीएकी छन 
कार्यक्रम नि.बर्तमान अध्यक्ष कार्यक्रमकी सभापति नानीमायाँ योन्जन तामाङ, त्यस्तै नेपाल आदिबासी जनजाती महासङ इजरायलमा आबद्ध जातीय संघ संस्थाका अध्यक्ष तथा प्रतीनिधि, एन आर एन ए इजरायलका अध्यक्ष गणेश गिरि, साथै इजरायलमा स्थापित संघ संस्थाका प्रतीनिधि लगायत इजरायलमा कार्यरत नेपालीहरुको उपस्थिति रहेको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ