Comments Add Comment

फिदिमको ९६ करोड ९५ लाख बजेट 

रमेश थापा   
पाँचथर -पाँचथरको एक मात्र नागरपालिका रहेको फिदिम नगरपालिकाले ९६ करोड ९५ लाख ७९ हजार ९ सय २६ रुपैयाँ बजेट सहितको नीति कार्यक्रम सार्वजनिक गरेको छ। नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले ९६ करोड ९५ लाख ७९ हजार ९ सय २६ रुपैयाँको बजेटसँगै नीति र कार्यक्रम सार्वजनिक गरेका थिए। नगरपालिकाले आगमी आर्थिक वर्षमा एक वडा एक उत्पादन र विद्यार्थीका लागि पढ्दै कमाउँदै जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। यस्तै नीति तथा कार्यक्रम मार्फत कृषि क्षेत्रमा कृषि पशुपालन र सुशासनसँगै पर्यटन र पूर्वाधार विकासमा पनि नगरपालिकाले बजेट विनियोजन गरेको छ । 
पाँचथरको एक नगरपालिका सहित आठ वटै स्थानीय तहले नीति र तथा कार्यक्रमसँगै बजेट पनि पेश गरेका छन्। जिल्लाका ८ मध्ये ६ वटा स्थानीय तहले असार १० गते नीति र कार्यक्रमसँगै बजेट पेश गरेका छन् । भने जिल्लाको फाल्गुनन्द गाउँपालिकाले असार ६ र मिक्लाजुङ गाउँपालिका पाँचथरले  असार ८ गते नै बजेटसँगै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन । पाँचथरका सबै स्थानीय तहले केन्द्र र प्रदेशबाट आउने वित्तीय समानीकरण र राजश्व बाँडफाँटको रकम घटेका कारण पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बताएका जनाएका छन ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ