रमेश थापा
पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिमा बिषालु च्याउ खादा चार जना बिरामी परेका छन। कुम्मायक गाउँपालिका–१ नं. वडाको यासोकमा बिषालु च्याउ खाएर चार जना बिरामी परेका हुन। बिषालु च्याउ खाएर बिरामी पर्नेहरुमा कुम्मायक–१ स्थीत यासोकका ३२ वर्षीय हेमन्त थापा, ६८ वर्षीय लिला थापा, ६० वर्षीय इन्द्रमायाँ नेपाली र ६० वर्षकै रुद्र बहादुर दर्जी रहेको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ। बिरामी परेका चारै जनाको उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाइएको प्रहरीले जनाएको छ ।
.png)