Comments Add Comment

१७ किलो गाँजासहित चितवनमा दुई जना पक्राउ

काठमाडौं, २१ मंसिर

चितवनमा १७ किलो अवैध लागु औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । कालिका नगरपालिका ११ मझबाङबाट गए राति अवैध लागु औषध गाँजासहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय ४० वर्षीय बुद्धिबहादुर चेपाङ र २४ वर्षीय विनोद चेपाङ रहेका छन् । घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ