रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले शैक्षिक क्षेत्रको गुणस्तर सुधारको लागि विद्यालय उमेर समुहका बालबालिकाहरुलाई विद्यालय भर्ना गरी सिकाउने र टिकाउने अभियान संचालन गर्ने भएको छ। सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन नीति तथा कार्यक्रममै बालबालिकालाई सिकाउने र टिकाउने अभियान संचालन गर्न लागेको जनाएको छ। त्यस्तै हाम्रो विद्यालय राम्रो विद्यालय भन्ने नारालाई अभियानको रुपमा संचालन गरी सुविधा सम्पन्न विद्यालय बनाउने लक्ष्य लिएको छ।
गाउँपालिकाले आगामी नीति तथा कार्यक्रम मार्फत प्रधानाध्यापक छनोट प्रतिस्प्रधाको आधारमा गर्ने भएको छ।
.png)