Comments Add Comment

तिनजुरे मिडिया ग्रुपले गर्‍यो मिर्गौला पीडितलाई सहयोग

रमेश थापा
पाँचथरः तिनजुरे मिडिया ग्रुपले तेह्रथुम जिल्लाको लालीगुरास नगरपालिका–४ को फुलेक निवासी मृगौला पीडित मचेन्द्र कार्कीलाई ४४ हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ।
तिनजुरे मिडिया ग्रुपको ४८ औं सहयोग अन्तरर्गत पीडितलाई उपचार खर्चमा सहयोग पु¥याउने उदेश्यले रकम हस्तान्त्रण गरेकोे हो । सहयोग रकम मचिन्द्र कार्की बचाउ अभियानका अध्यक्ष बद्री पौडेललाई ग्रुपका उपाध्यक्ष मनोज भुजेल र सदस्य महेश बानियाले हस्तान्तरण गरेको अध्यक्ष देव बास्कोटाले जनाए।
सहयोग रकम बुझ्दै मचिन्द्र बचाउ अभियानका अध्यक्ष बद्री पौडेलले सहयोग रकम संकलन गरी पीडितको सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए। मचिन्द्रको बि.पि कोइराला स्वास्थ्य प्रतिस्ठान धरान  उपचार भईरहेको परिवारले जनाएको छ। 
लामो समयदेखि तिनजुरे मिडिया ग्रुप प्रबाश नेपालले विभिन्न पीडितको अबस्था हेरेर बिगत ५ बर्ष देखी हरेक महिना १ पीडित सहयोग गर्दै आएको जनाएको छ।  हालसम्म १८ लाख बढी सहयोग गरेको अध्यक्ष बास्कोटाको भनाइ छ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ