Comments Add Comment

फाल्गुनन्दका अग्नीपिडित चेम्जोङलाई आर्थिक सहयोग 

रमेश थापा 
पाँचथरः पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अग्नी पिडितलाई आर्थिक सहयोग गरिएको छ । फाल्गुनन्द–५ सिङहाङका अग्नीपीडित पञ्चकुमार चेम्जोङलाई (थाकथाकु मावोहाङ चेम्जोङ वंश उत्थान सङघ शाखा स्याबरुम्बाले) संकलन गरेको १ लाख ४१ हजार ७ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको हो।
गत जेठ १४ गते भएको आगलागीमा चेम्जोङको घर सहित धनमाल जलेर नष्ट्र भएको थियो। पीडित परिवारलाई शनिवार (थाकथाकु मावोहाङ चेम्जोङ वंश उत्थान सङ्घ शाखा स्याबरुम्बा परिवार) र अन्य संघ सस्था र दाताहरुबाट रकम संकलन गरी बितरण गरेको वंश उत्थान संघका जिल्ला अध्यक्ष डिल्लीकुमार चेम्जोङले जानकारी दिए । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ