Comments Add Comment

डाइभर्सन बनाउन सहयोग संकल गर्दै गाँउपालिका

रमेश थापा
पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिकाले घुमाउनेटारस्थित हेंवा खोलामा डाइभर्सन निर्माण गर्न सहयोग संकलन सुरु गरेको छ। डाइभर्सन निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले नागारिकसँग सहयोग मागेको हो ।
आर्थिक सहयोग गर्न चाहनेहरुका लागि  प्राइम  बैंक फालेलुङ शाखाको खाता नम्बर सार्वजनिक गरेको छ । उक्त खातामा रकम जम्मा गरी बिपत्तीमा सहयोग गर्न आग्रह गरेको हो ।
गत असार २ गतेको बाढीले हेँवा खोलाको पक्की पुल बगाएपछि यातायात ठप्प छ । तत्काल यातायात सूचारु गर्ने उदेश्यले घुमाउनेटार स्थित हेँवा खोलामा डाइभर्सन बनाउन थालेको हो । बाढी–पहिरोले भत्काएका संरचना पुनः निर्माणका लागि बजेट भएपछि सर्वसाधारणसँग गाउँपालिकाले सहयोग मागेको प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङ्देम्बेले बताए ।
‘पालिकासँग प्रयाप्त बजेट छैन्,’ प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले भने ‘संघ र प्रदेश सरकारले पनि फालेलुङको बिपत्तीमा चासो देखाएको छैन । बजेट अभाव भएपछि हामीले सर्बसाधारणसँग सहयोग माग्न बाध्य हौँ ।’ सर्वसाधारणबाट सहयोग जुटाउन नसके यातायात डाइभर्सन बनाउन कठिन हुने गाउँपालिकाले जनाएको छ ।
स्थानीय तह कर्मचारी हक हित मञ्चले बिपत्तीमा स्वेच्छिक रुपमा आर्थिक र श्रम सहयोग गर्न आवहान गरेको हो । आवहान गरेको दुई दिनमै तीन लाख भन्दा धेरै रकम संकलन भएको गाउँपालिकाले जनाएको छ ।
बिरगञ्जबाट ह्यूम पाईप ल्याएर घुमाउनेटार स्थित हँेवा खोलामा डाइभर्सन निर्माण सुरु गरिएको छ । उक्त कामका लागि आर्थिक रुपमा सहयोग गर्न नसक्नेले श्रम सहयोग गर्न समेत आग्रह गरिएको गाउँपालिका अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताए ।
बाढीले बगाएका अरु पुल भएको स्थानमा पनि आर्थिक र श्रम सहयोग जुटाएर अस्थाई डाइभर्सन बनाउने पालिकाको तयारी रहेको थाम्सुहाङको भनाइ छ । गत असार २ गते आएको बाढीपहिरोले हेँवा खोला, नवमी खोला, खेवाथाम खोला र सेवाखोलाको पुल भत्काएको छ ।
पुल भत्काएपछि फालेलुङ र सदरमुकाम फिदिम बीचको यातायात ठप्प छ । यातायात सूचारु गर्न पक्की पुल बनाउन तत्काल सम्भव नभएकाले ह्यूम पाईप राखेर डाइभर्सन निर्माण गर्न थालिएको हो । बाढीपहिरोले फालेलुङमा मात्रै २१ करोड ३७ लाख ८५ हजार बराबरको भौतिक संरचनामा क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ