रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकाले कृषि औजार वितरणको लागि ५३ किसान छनोट गरेको छ। गाउँपालिकाले “कृषि यान्त्रीकरण अनुदान परिचालन सम्बन्धी कार्यविधि २०८०” मा व्यवस्था भए अनुसार स्थलगत अनुगमन र मुल्याङ्कनको आधारमा किसान छनोट गरिएको कृषि विकास शाखा प्रमुख सविन खतिवडाले बताए।
जसमध्ये मिनिटिलर बितरणको लागि १४ किसान छनोट गरेको छ। कुम्मायकका ५ वटा वडाबाट आवेदन दिएका ५३ मध्ये खेतियोग्य जमिन धेरै र बढि खाद्यन्य उत्पादन गर्ने १४ किसान छनोट गरीएको गाउँपालिकाले जनाएको छ । यस्तै मिनिमिल, मकै छोडाउने र रोप्ने मेसिन, बिषादी छर्ने मेसिन, पानी तान्ने पम्प र डिजिटल काँटा समेत बितरण गर्ने भएको छ ।
मिनिमिलको लागि ४३ जनाको माग भई आएकोमा १५ जनालाई छनोट गरिएको छ । त्यस्तै मकै छोडाउने मेसिन ५, रोप्ने ३, विषादी छर्ने मेसिन ४, पानी तान्र्ने मेसिन ५, डिजिटल काँटा ४ र स्प्रेयर ३ जनाले पाउने भएका हुन । गाउँपालिकामा १५४ जना किसानले औजार उपकरण माग गरेकोमा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काको नेतृत्वमा छनोट समिति गठन गरी ५३ किसान छनोट गरेको हो । छनोटमा परेका किसानले लागत साझेदारीमा कुल रकमको ४० प्रतिशत व्यर्होनु पर्ने बताइएको छ ।
कृषि औजार खरिद गर्न चालु आर्थिक वर्ष २०७९÷०८० को १९ लाख ९९ हजार ६३१ रुपैयाँ बजेटमा ठेक्का लागेको थियो । तर ठेकेदारले भ्याट बाहेकको १५ लाख ६३ हजार ७ सय रुपैयाँ ठेक्का बिट गरेको गाउँपालिकाका इन्जिनियर महेन्द्र बास्कोटाले बताए। ठेक्का पाएको ठेकेदार कम्पनीले औजार उपकरण खरिद गरिसकेको बास्कोटाको भनाइ छ ।
मिनिटिलरको लागि छनोटमा परेका किसानको सुची:
कुम्मायक–१ लिला बहादुर तामाङ, कमल कुमार श्रेष्ठ, गंगा प्रसाद फेवादिन र रमेश लावती
कुम्मायक–२ लोक बहादुर निरौला, फिपराज सेर्मा, दुर्गामायाँ गिरी
कुम्मायक–३ निम्न प्रसाद चापागाई, हरि प्रसाद गजुरेल र तमोर कृषि तथा पशुफर्म
कुम्मायक–४ सुरेन्द्र सम्बाहाम्फे
कुम्मायक–५ लक्ष्मण थापा, सुर्य बहादुर तामाङ र नमुना कृषि तथा पशुर्फम रहेका छन ।
अन्य सुचीहरु यसप्रकार रहेका छन ।



.png)