Comments Add Comment

सिँचाही गर्न पक्की पोखरी, संरक्षणको अधिकार स्थानीयलाई

रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिका–१ नं.वडाले वर्षादको पानी संकलन गर्न लामो समयदेखि बिभिन्न उपाय अपनाउदै आएको छ । वडाको बस्ती र टोलमा पक्की पोखरी निर्माण, प्लाष्टिक पोखरी बितरण र ड्रम बितरण जस्ता काम गर्दै आएको छ । सुख्खाक्षेत्रका नागरिकलाई बर्खा र हिँउदको समयमा सिँचाही गर्न सहज होस भन्ने उदेश्यले वडाका बिभिन्न स्थानमा पक्की पोखरी निर्माण गरी प्रयोगमा ल्याएको हो । 
वडाले चालु आर्थिक वर्ष २०७९÷०८० को ७ लाख रुपैयाँमा कुम्मायक–१ को खाल्डेमा पनि पक्की पोखरी निर्माण गरेको छ । वर्षादको पानी संकलन गर्ने उदेश्यले पक्की पोखरी निर्माण गरेको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । सुख्खाक्षेत्रको पहिचान गरी वर्षादको पानी संकलन गरी बस्ती स्तरका नागरिकलाई सिँचाही गर्न सहयोग पु¥याउने उदेश्यले पोखरी निर्माण गरिएको लावतीको भनाइ छ ।
वर्षादको पानी संकलन गर्न २० मिटर लम्बाइ, १० मिटर चौडाइ र डेढ मिटर उचाहीको   पक्की पोखरी निर्माण गरिएको छ । असारको वर्षादले पोखरीमा डेढ फिटसम्म पानी जम्मा गरिएको छ । वडा कार्यालयले पोखरीको संरक्षण र संवद्र्धन गर्न पुर्ण वहादुर पौडेल अध्यक्षतामा ७ सदस्य संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । समितिले पोखरीको रेखदेख जम्मा भएको पानी सिँचाहीको लागि प्रयोग गर्नुपर्नेछ ।
वडाले निर्माण गरेको पक्की पोखरीको छेउमै रहेको खाल्डे मा.वि.को जस्तापाताको छानोबाट वर्षादमा खेरजाने पानीलाई संकलन गर्ने गरी पोखरी निर्माण गरिएको हो । पोखरीमा संकलन गरेको पानी आवश्यकता अनुसार त्यस क्षेत्रका किसानलाई सिचाँहीको लागि बितरण गरिने वडा कार्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ