Comments Add Comment

खाल्डे माविका प्रधानाध्यापक खड्कालाई सम्मान सहित विदाई

कुमार खड्का

यासोक-पाँचथरको कुम्मायक १ खाल्डेमा रहेको खाल्डे माध्यमिक विद्यालयका प्रधानाध्यापक एगेन्द्र बहादुर खड्कालाई सम्मान सहित विदाई गरिएको छ। उमेर हकबन्दीका आधारमा अनिवार्य अवकाश पाएका खड्कालाई विद्यालयले शुक्रवार एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टंक पौडेलले उनलाई प्रमाणपत्रसहित सम्मान तथा विदाई गरेका थिए। यसै गरी विद्यालयका अध्ययनरत विद्यार्थी र शिक्षकहरुले मायाको चिनो प्रदान गरेका थिए ।

वि.स. २०३९ साल देखि शिक्षाक्षेत्रमा प्रवेश भएका खड्का २०५० सालदेखि शिक्षाक्षेत्रमा स्थायी नियुक्ती भएर प्रवेश गरेका खड्का वि.स. २०६७ देखि २०६८ साल सम्म सोहि बिद्यालयमा प्रधानध्यापकको जिम्मेवारीमा रहनु भएको थियो। त्यसपछि २०६८ देखि २०७४ सम्म श्रोत व्यक्ति रहनुभएको थियो। २०७४ देखि २०७६ सम्म कुम्मायक गाउँपालिका शिक्षा शाखा प्रमुख भएर पनि काम गर्नु भएको थियो। २०७६ देखि २०८० सम्म पुन खाल्डे मावि मै प्रधानाध्यापक भएर कार्य गरिरका थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ