Comments Add Comment

नि:शुल्क शल्यक्रिया सहित कुम्मायकमा २ दिने आँखा शिविर सञ्चालन हुने

यासोक- कुम्मायक गाउँपालिकामा आँखा  शिविर सञ्चालन हुने भएको छ ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङ,सेवा फाउण्डेशन, काठमाण्डौँ र कुम्मायक गाउँपालिकाको आयोजना तथा मेची आँखा अस्पताल सैनिक मोड, झापाको प्राविधिक सहयोगमा कुम्मायकमा दुई दिने आँखा शिविर सञ्चालन हुने भएको हो। यही मंसिर २४ र २५ गते कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आँखा शिविर सञ्चालन हुने भएको हो ।

आँखाका रोगि तथा मोतिया विन्दुको समस्या भएका नागरिकलाई मध्यनजर गरेर स्वास्थ्य शिविरको आयोजना गर्न लागेको कुम्मायक गाउँपालिकाले जानकारी गराएको छ ।

शिविरमा आँखाका बिरामीहरूको चेकजाँच गरिने साथै शिविरमा छनोट भएका मोतिया विन्दुहरुको विरामीहरुलाई नि:शुल्क शल्यक्रिया गरिने र उनीहरूलाई आवश्यकता अनुसारको औषधि न्युनतम शुल्कमा वितरण गरिने कुम्मायक आँखा उपचार केन्द्र यासोकले जानकारी गराएको छ । 

आँखाका समस्या भएका नागरिकहरुको समस्यालाई मध्यनजर गदै  शिविरको आयोजना गरिएको र ती समस्याहरूको समाधानका लागि शिविरले सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ