Comments Add Comment

सीता दाहालको अन्त्येष्टि आजै गरिने

काठमाडौं, २७ असार। नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि बुधबार नै गरिने भएको छ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

यसअघि उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । 

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिकक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए । 

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ