Comments Add Comment

अपाङ्गता भएका व्यक्तिहरुको लागि नेतृत्व विकास तालिम

रमेश थापा 
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको लागि एक दिने नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । यासोक बजारको सिम्रिक होटलमा भएको तालिममा मिलिजुली समुह तथा ओ.पि.डि.का सदस्यहरुलाई अपाङ्ग परिचय पत्रको मापडण्ढ, अपाङ्गका किसिम, अपाङ्ग मैत्री भवन र अपाङ्गता भएका नागरिकको हक र अधिकारको बिषयमा प्रशिक्षण गराइएको थियो । करुणा फाउन्डेशन नेपालको आर्थिक सहयोगमा कुम्मायक गाउँपालिकाको आपाङ्ग समुहले कार्यक्रम आयोजना गरेको हो ।


४० जना सहभागिता रहेको कार्यक्रमको सहजिकरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्का, अपाङ्गता सहायता सहजकर्ता दिवाकर सेर्मा र अञ्जली फेवदेनले गरेका थिए । कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतले गाउँपालिकामा रहेका अपाङ्गता भएका नागरिकको हक र अधिकारको सुनिश्चितता गर्न पहल गर्ने बताए । उनले अपाङ मौत्री भवन र संरचना आगामी दिनमा निर्माण गर्ने आवश्सन समेत व्यक्त गरेका थिए । कार्यक्रम गाउँपालिका अपाङ्ग समुहका अध्यक्ष तेजबहादुर लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ