Comments Add Comment

खहरेखोलाले बगाउँदा एक महिलाको मृत्यु

डडेल्धुरा, २८ असार :

डडेल्धुरा गन्यापधुरामा खोलाले बगाउँदा ६२ वर्षीय एक वृद्धाको ज्यान गएको छ । गन्यापधुरा गाउँपालिका–४ को खारीखोला तर्ने क्रममा कुलेडी गाउँकी दुर्गा बोहराको ज्यान गएको हो ।

 

खोला तर्ने क्रममा बोहरा बेपत्ता भएकी थिइन् । बिहीबार दिउँसोदेखि गन्यापधुरालगायत डडेल्धुराका विभिन्न स्थानमा ठूलो वर्षा भएको थियो । वर्षाकै कारण खोला उर्लिएर आएको स्थानीयवासी लोकेन्द्र पनेरुले बताउनुभयो ।

 

खोलाले बगाउँदा बेपत्ता भएको खबर स्थानीयवासीले प्रहरीलाई गरेका थिए । उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उनी बगेको स्थानबाट एक किलोमिटर तल शव फेला परेको प्रनाउ भट्टले बताउनुभयो ।

आज दिउँसो २ः३० बजेको समयमा बोहरालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । खारीखोला गन्यापधुरा गाउँपालिकाको सदरमुकामबाट पैदल एक घण्टाको दूरीमा पर्छ । –––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ