Comments Add Comment

साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने

काठमाडौं, २९ असार । सञ्चार क्षेत्रमा लामो इतिहास बोकेको साँघु राष्ट्रिय साप्ताहिकले आधुनिक प्रविधिसँग एकाकार हुँदै साँघु टेलिभिजन सुरु गरेको छ।

साँघु टेलिभिजन आज २०८० असार २९ गते भानु जयन्तीको दिनबाट परीक्षण प्रशारणमार्फत दर्शकमाझ प्रस्तुत हुँदैछ । पञ्चायतकालदेखि अभिव्यक्ति स्वतन्त्रता र सुशासनको पक्षमा खरो उभिँदै आएको साँघु साप्ताहिकले अनलाइन संस्करणसँगै आजबाट टेलिभिजनमा फड्को मारेको हो । 

समाजका विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध तिखो कलम चलाउँदै आएको साँघु साप्ताहिक झैं टेलिभिजन पनि सुशासनको पक्षमा खरो रुपमा उत्रिने सम्पादकीय टीमले बताएको छ । स्याटलाइट टेलिभिजनबाट दर्शकमाझ पुग्ने साँघु टेलिभिजनले आफूलाई परक रुपमा प्रस्तुत गर्ने प्रयास गर्ने सम्पादकीय टीमको भनाइ छ ।

टेलिभिजनको भीडमा जनजीवनसँग सरोकार रहने विषय बस्तु, नेपाली माटो, हावापानी, मौलिकता, संस्कार, संस्कृति सुशासनको पक्षमा खरो उत्रिएर नै फरक पहिचान बनाउने सम्पादकीय टीमले दाबी गरेको छ । 

झन्डै ४५ वर्ष लामो पत्रकारितामा लागेका वरिष्ठ पत्रकार गोपाल बुढाथोकी सञ्चालक रहेका छन् । उनी साँघु साप्ताहिकका संस्थापकसमेत हुन् । बुढाथोकीलाई सरकारले २०६९ मा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरेको थियो । नेपाल पत्रकार महासंघको जिल्लाको नेतृत्व देखि केन्द्रीय उपसभापतिका साथै प्रेस काउन्सिल नेपालको बोर्ड दुईपटक काम गरेका बुढाथोकीले कार्यबाहक अध्यक्षको रुपमा पनि लामो समय काम गरेको अनुभव छ । 

सञ्चार क्षेत्रमा भएको आधुनिक प्रविधिको विकास र विस्तारलाई आत्मसात गरेर डिजिटल दुनियाँमा प्रवेश गरेको बुढाथोकीले बताएका छन् । पत्रकारकै लगानि र नेतृत्वमा टेलिभिजन सञ्चालनमा आएको पनि पहिलो अनुभव हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ