Comments Add Comment

फिदिममा निशुल्क आँखा शिविर हुने

पाँचथर– पाँचथरको फिदिम नगरपालिकामा चार दिने आँखा शिविर संचालन हुने भएको छ । आँखाको समस्या भएका बिरामीहरुलाई माघ १५ देखि १८ गतेसम्म निशुल्क आँखा शिविर संचालन हुने भएको हो । लामो समयदेखि आँखाको उपचार अभाव खेप्दै आएका नागरिकलाई गाउँमै सेवा दिने उदेश्यले शिविर संचालन हुन लागेको हो ।
जिल्ला अस्पताल पाँचथरमा सञ्चालन गरिने शिविरमा निशुल्क आँखा परीक्षण, चस्मा चेकजाँच, निशुल्क औषधी वितरण तथा मोतियाविन्दुको निशुल्क शल्यक्रिया गरिने बताइएको छ ।
फिदिम नगरपालिकाको आर्थिक तथा मेची आँखा अस्पताल झापाको प्राबिधिक सहयोगमा जनसेवा समाज पाँचथरले शिविर सञ्चालन गर्न लागेको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।
शिविरमा बिषेशज्ञ सहितको नेत्र चिकित्सकको टोलिले सेवा दिने जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ