Comments Add Comment

भिरबाट लडेर ३० वर्षीय युवकको मृत्यु

डोटी, २ साउन । डोटीमा भिरबाट लडेर एक युवकको ज्यान गएको छ।

दिपायल–सिलगढी नगरपालिका–७ का करिब ३० वर्षीय नरबहादुर विष्टको मंगलबार दिउँसो भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै ज्यान गएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ