Comments Add Comment

उत्तर कोरियाको पहिलो स्याटेलाइट परिक्षण दुर्घटनाग्रस्त

सियोल, १७ जेठ । उत्तर कोरियाको पहिलो अन्तरिक्ष स्याटेलाइट दुर्घटनाग्रस्त भएको छ । 

सो दुर्घटनाग्रस्त स्याटेलाइट समुन्द्रमा खसेको थियो । 

उत्तर कोरियाले यसअघि अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न जुन ११ सम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो।

पहिलो स्याटेलाइट दुर्घटनाग्रस्त भए पछि उत्तर कोरियाले सकेसम्म चाँडो नै दोस्रो प्रक्षेपण प्रयास गर्ने जनाएको छ ।

उत्तर कोरियाले सो प्रक्षेपण सुरु गर्ने भएपछि दक्षिण कोरियाको राजधानी सियोलमा अलार्म बजाईएको थियो भने जापानको ओकिनावाका बासिन्दाहरूलाई चेतावनी जारी गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ