Comments Add Comment

आतंकवादी हमला गर्ने ५ जनालाई कुबेतमा फाँसी

कुबेत, १३ साउन । कुवेतमा सन् २०१५ को बम विस्फोटका दोषीसहित ५ जनालाई फाँसी दिइएको छ ।

कुवेत सरकारले सन् २०१५ मा मस्जिदमा बम विष्फोट गरेको अभियोगमा दोषी ठहर भएका इस्लामिक स्टेट (आईएस) पाँच जना कैदीलाई मृत्युदण्ड दिइएको हो । 

कुबेत सरकारले जनाए अनुसार सो विष्फोटमा २७ जनाको मृत्यु भएको थियो, जसको जिम्मा आइएसले लिएको थियो । कुवेतको सार्वजनिक अभियोजनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कारागारमा पाँच कैदीलाई फाँसी दिइएको जनाएको छ । 

यसरी फाँसी दिइएकोमा पाँच जनामा मस्जिदमा आक्रमण गर्ने तथा सो हत्यामा दोषी ठहर भएका तीन जना र लागूऔषध कारोबारीसमेत रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ