पाँचथर - पाँचथरको कुम्मायक गाउँपालिकाले सिमान्तकृत अल्पसंख्यक समुदायका प्रति चासो दिएको छ । आर्थिक रुपमा बिपन्न र अल्पसंख्यक समुदायका सुकुम्बासीलाई निशुल्क जगा धनिपुर्जा र सोही समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । गाउँपालिकाको ५ नं. वडामा माझी २० घरधुरी छन् । भने भुजेल ६ घरधुरी छन् । त्यस्तै कुम्मायक ३ मा २० माझी घरधुरी गरी ४६ सिमान्तकृत र अल्पसंख्यक समयुदायको बसोवास छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को १ लाख ५० हजार रकमबाट ४६ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । पालिकाको वडा न. ३, ४ र ५ नम्वर वडाको विभिन्न विद्यालयमा अध्ययनरत ४६ सिमान्तकृत तथा अल्पसंख्यक माझी समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा व्याग झोला वितरण गरेको छ ।
कुम्मायक ५ को कागेश्वरी आधारभूत विद्यालय र महेन्द्रदोय मा.वि. का २३ र ३ नं. वडाको सिद्ध मा.वि. तिङदेन, महादेव आ.वि. र त्रिभुवन आ.वि.मा अध्ययनरत २३ जना सिमान्तकृत माझी समुदायका बिधार्थीहरुलाई झोला तथा शैक्षिक सामाग्रीहरु बितरण गरिएको पालिका अध्यक्ष जयबहादुर चेम्जोङले जानकारी दिनुभयो । विद्यार्थीलाई जनप्रतिनिधि र कर्मचारीहरुको टोलीले सम्बन्धित विद्यालयमा पुगेर व्याग झोला सहित शैक्षिक सामाग्री बितरण गरेको थियो ।
गाउँपालिकामा माझी समुदायको आर्थिक अवस्था कमजोर छ । कुम्मायक ५ नम्बर वडाका नजप्रतिनिधिले ५० हजार रकम संकलन गरी सोही वडाका सुकुम्बासी होमबहादुर माझीलाई लालपुर्जा बितरण गरेका थिए । तमोर किनारमा बस्दै आएको सुकुम्बासी परिवारलाई वडाले तमोर कोरिडोर सडकमा जग्गा उपलब्ध गराएपछि घर निर्माण गरी माझी परिवार बसोवास गर्दै आएको छ ।
.png)