रमेश थापा
पाँचथर: पाँचथरको फिदिम नगरपालिकाले फिदिम नगरपालिकाका किसानलाई मिनिमिल बितरण गरेको छ। ब्यवसाय प्रबर्द्धनका लागी नगरपालिका “कार्यक्रम अन्तरगत फिदिम नगरपालिबासीलाई ७० थान मिनिमिल बितरण गरेको हो।
नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० को स्विकृत कार्यक्रम अन्तरर्गत धान र मकै कुटानी पिसानीका लागि प्रयोग गर्ने मिनिमिल बितरण गरेको नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताए। नगर विकास कोषको रकमले कम्बाईन राईस मिल खरीद गरी अनुदानमा प्रत्येक वडामा ५ थान को दरले ७० थान बितरण गरिएको काफ्लेको भनाइ छ।
नगरपालिकाले व्यवसाय प्रर्वद्धन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । नगरपालिकामा मिनिमिलको माग कृषकहरुले धेरै गरेको हुदा प्रत्येक वर्ष यसलाई सम्वोधन गर्दै जाने नगरपालिकाले जनाएको छ ।
.png)