Comments Add Comment

कुम्मायकको गाउँ–गाउँमै सामाजिक सुरक्षा भत्ता (फोटोफिचर सहित)

रमेश थापा
पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिकाले गाउँ–गाउँमै सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ। गाउँपालिकाले जेष्ठ नागरिक, अपाङता भएका व्यक्ति र असक्त नागरिकलाई सहज होस् भन्ने उदेश्यले  पाँच वटा वडाको टोल टोलमै सामाजिक शुरक्षा भत्ता बितरण गरेको हो। 
गाउँपालिकाले १ हजार ६ सय १७ जना लाभग्राहीलाई आर्थिक वर्ष २०७९।०८० मा ६ करोड ३६ लाख ५८ हजार १९३ रुपैयाँको सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ। गत आर्थिक वर्षको चौथो किस्ता सामाजिक सुरक्षा भत्ता पनि बस्ती स्तरमै गएर बितरण गरेको कुम्मायक गाउँपालिकाले जनाएको छ। 

कुम्मायक गाउँपालिकामा हालसम्म सामाजिक सुरक्षा भत्ता लिने १ हजार ६ सय १७ जना नागरिक छन्। जसमध्ये ६८ वर्ष माथीका जेष्ठ नागरिक १ हजार ५१ जना, जेष्ठ दलित ६३ जना, जेष्ठ एकल महिला १ सय १८ जना, विधवा महिला १४६ जना रहेका छन । त्यस्तै पूर्ण अपाङ्ग ४९ जना, अति अशक्त अपाङ्ग ७७ जना र दलित बालबालिका ११३ जना गरी १ हजार ६ सय १७ जना लाभग्राही रहेको गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख मदन थापाले बताए। 

गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिने सबै भन्दा बढी कुम्मायक १ नं. वडामा रहेका छन् । जहाँ ४०६ जना लाभग्राही रहेका छन। त्यस्तै सबै भन्दा कम कुम्मायक ४ मा छन्। जहाँ २ सय ५५ जना लाभग्राही रहेको गाउँपालिकाको तथ्याङमा उल्लेख गरिएको छ। त्यस्तै क्रमशः कुम्मायक २ मा ३५०, ३ मा २८१ र कुम्मायक ५ नं. वडामा ३२५ जना जना रहेको गाउँपालिकाले जनाएको छ। कुम्मायक गाउँपालिकाले यासोकमा रहेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक संग समन्वय गरी बैंङ्कीङ प्रणाली मार्फत लाभग्राहीको बैंकमा रहेको सामाजिक सुरक्षा बचत खातामा रकम जम्मा गरी गाउँ गाउँमै सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ। गाउँमै सामाजिक सुरक्षा भत्ता पाएपछि गाउँपालिकाबासी लाभग्राही हर्सित समेत भएका छन। चौथो त्रैमासिक सामाजिक सुरक्षा वितरणकै कार्यक्रममा गाउँपालिकाले लाभग्राहीको परिचयपत्र नवीकरण कार्यक्रम समेत गाउँ गाउँमा गएर गरेको छ ।


कुम्मायक-४ रानीगाउँबाट चौथो त्रैमासिक वापतको सामाजिक सुरक्षा भत्ता बुझ्दै लाभग्राही

कुम्मायक-५ पिपलबोटेबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै लाभग्राही

कुम्मायक-३ सेपेनीबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै लाभग्राही

कुम्मायक-१ खाल्डेबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै लाभग्राही

कुम्मायक-२ माङ्जाबुङबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै लाभग्राही

आ.व. २०८०।०८१ मा नियमित रुपमा भत्ता प्राप्त गर्नका लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको परिचयपत्र नवीकरण गराउँदै कर्मचारी तथा जनप्रतिनिधी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ