Comments Add Comment

संवैधानिक परिषद् बैठक जारी

काठमाडौं, १८ साउन। संवैधानिक परिषद् बैठक जारी रहेको छ। बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस सम्बन्धमा छलफल भइरहेको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की चारदिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्ने तयारी गरेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन्। मंगलबार बसेको बैठक निष्कर्श बिनै टुंगिएकोमा आज पुन: छलफल जारी रहेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ