Comments Add Comment

पाँचथरको जेठो विद्यालयमा तीन वर्षे शिभिल इन्जिनियरिङ पढाइ हुने 

रमेश थापा
पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकामा तीन वर्षे शिभिल इन्जिनियरिङ बिषयमा पढाइ हुने भएको छ। जिल्लाकै जेठो फाल्गुनन्द–६ को जयनारायण आर्दश मा.वि. मेहेलबोटेमा पहिलो पटक तीन वर्षे शिभिल इन्जिनियरिङ पढाइ हुन लागेको हो।
विद्यालयले प्राविधिक शिक्षामा ग्रामिण क्षेत्रका नागरिकको समाना पहुँचमा पु¥याउने उदेश्यले तीन वर्षे शिभिल इन्जिनियरिङ कक्षा संचालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यले जनाए। अन्तराष्ट्रिय स्तरको मापडण्ढ अनुसार विद्यार्थीहरुले गाउँ घरमै ओभर सियर बन्न पाउने भएका छन।
विद्यालयले आर्थिक वर्ष २०८०।०८१ को लागि प्रबेश परिक्षा समेत लिने भएको छ। तीन वर्षे शिभिल इन्जिनियरिङका लागि एस.इ.इ वा एस.एल.सी पास गरेका विद्यार्थीले अध्यायन गर्ने पाउने विद्यालय प्रशासनले जनाएको छ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ