Comments Add Comment

फिदिम मा.वि.को खेलमैदान: १५ दिन भित्र काम सक्न निर्देशन, अन्यता नगरले आफै सम्याउँने 

रमेश थापा
पाँचथर: फिदिम नगरपालिकाले लामो समयदेखि अलपत्र अवस्थामा रहेको फिदिम मा.वि.को खेलमैदानको काम १५ दिनमा सक्न निर्देशन दिएको छ । नगरपालिकाले फिदिम मा.विमा अलपत्र अवस्थाको खेलमैदान १५ दिन भित्र काम सक्न निर्माण ब्यवसायीलाई निर्देशन दिएको हो ।
सम्झौता अवधिको म्याद सकिएर पनि पटक पटक म्याद थपिँदा पनि आयोजनाको जम्मा लिएको पि.एस.किरातेश्वर,मैनाचुली जेभीले काम गर्न नसकेपछि १५ दिन भित्र सम्वन्धित निर्माण कम्पनीलाई जिल्ला खेलकुद विकाश समिती पाँचथरमा सम्पर्क गर्न  र यथाशिघ्र काम सम्पन्न गर्न गराउन निर्देशन दिएको हो ।
नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रेस विज्ञिप्त मार्फत यस्तो निर्देशन दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले आयोजनाको जिम्मा लिएको पि.एस.किरातेश्वर,मैनाचुली जेभीले १५ दिनभित्रमा काम सक्नुपर्ने बताए । यदि सो समयमा काम पूरा नगरे नगरपालिका आफैले खेलमैदान ब्यावस्थापन गर्ने बताए । पटक पटक निर्माण ब्यवसायिलाई तोकता गर्दा पनि सम्पर्कमा आउन नचाहेको र कुनै प्रतिक्रिया समेत नदिएको नगर प्रमुख काफ्लले गुनासो गरे ।
खेलमैदान निर्माणका लागि पि.एस.मैनाचुली किराँतेश्वर जे.भि.ले २०७७ साल माघ २ गते १० करोड,७९ लाख ८७ हजार ७ सय ८१ रुपैंयामा ठेक्का सम्झौता गरेको थियो । २०७९ असार मसान्त भित्रै काम सक्ने सम्झौता गरेको निर्माण कम्पनीले पुन: २०८०  असार मसान्तसम्म म्याद थप गरेको थियो । तर पटक पटक म्याद थप्ने तर काम नगर्ने ठेकेदारको प्रवृतिका कारण आजित बनेको नगरपालिकाले तत्काल काम सम्पन्न गर्न निर्देशन दिएको हो । गरिएपनि काम सकिएको छैन ।
सम्झौता अनुसार निर्माण कम्पनीले खेलमैदानको दाँया वायाँ सर्टर, प्यारिफिट र मञ्च व्यवस्थापन लगायतको गर्नुपर्ने उल्लेख छ । तर अहिलेसम्म खेलमैदानको काम नहुँदा जिल्लामा हुने खेलकुद गतिविधि ठप्प हुदा जिल्लाको खेल क्षेत्रमा ठुलो असर पु¥याएको छ ।

 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ