Comments Add Comment

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्‍‌न्‍यास लिए पूर्वकप्तान ज्ञानेन्द्र मल्लले

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । 

शुक्रबार पत्रकार सम्मेलन गरेर उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको जानकारी दिएका हुन् । नेपाली टिमको अन्तर्राष्ट्रिय र व्यावसायिक दुवै करियरबाट सन्न्यासको लिएको उनले घोषणा गरेका हुन् ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास आफ्नो बिदाइ नभएर नयाँ यात्रा सुरुवात गरेको बताए । घरेलु प्रतियोगिता पनि नखेल्ने घोषणा गरेका मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी–२० खेलमा एक हजार आठ सय दुई रन बनाएका छन्। मल्लको सन् २००५ देखि  यू–१५ टोलीबाट खेलयात्रा सुरु गरेका थिए।

उनको अन्तिम खेल २०२३ मा जिम्बाबेको हरारे मैदानमा भएको आईसीसी विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल रह्यो। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ