Comments Add Comment

हरित नगर बनाईदै फिदिमलाई

बिष्णु अधिकारी

पाँचथर- पाँचथर फिदिमको वातावरण स्वच्छ हराभरा बनाउने उद्देश्यले फिदिम बजारमा फिदिम नगरपालिकाकाे हरित नगर याेजना अनुसार बिहिबार ४५० धुपिकाे बिरुवा राेप्ने कार्य सम्पन्न भएकाे छ। नगरले एक लाख दस हजार रूपैयाँमा बिरुवा खरिद गरि फिदिम बजारको हालै निर्माण सम्पन्न सडककाे चार खम्बे देखी गंगालाल मेमाेरियल समर्पित अस्पताल सम्मकाे विचमा रहेको डिभाइडरमा बिरुवा राेपेकाे हाे।

बिरुवा राेप्न कार्य फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्ले ज्यूको नेतृत्वमा भएको हाे। वृक्षरोपणको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख राम राज आङदेम्बे गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ