पाँचथर- सुन्दा अचम्म र अनौठो लाग्न सक्छ । एकासौं सताब्दीमा नेपाली नागरिकबाट बञ्चित हुनुपर्छ भन्दा । सुन्दा तितो तर सत्य सावित पाँचथरको कुम्मायक गाउँपालिकामा नै भएको छ । गाउँपालिका वडा नं. १ का नागरिकता बिहिन शेरबहादुर बुढाथोकीले ६५ वर्षपछि नागरिकता र धनिपुर्जा पाउनु भएको छ । नागरिकता सहित उहाँले ३३ रोपनी १० आना ३ पैसा र तीन दामको धनिपुर्जा पनि पाउनु भएको हो । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ र १ नं. वडाका अध्यक्ष देबेन्द्रकुमार लावती लगायत जनप्रतिधि सहितको टोलीले बुढाथोकीलाई नागरिकता र धनिपुर्जा दिलाउन सफल हुनुभएको हो ।
“नागरिता बिहिन आमा छोरा बाख्राको खोरमा” शिर्षको समाचार प्रकाशन प्रसारणपछि गाउँपालिकाले पीडित आमा छोरालाई बाख्राको खोरबाट उद्धार गरी राह्रत बितरण गरेको थियो । राहतमा २३ हजार बराबरको खाद्यन्य, लत्ताकपडा, भाडावर्तन र ७ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । देश बिदेशबाट पनि पीडित परिवारलाई सहयोग जुटेको थियो । कोरोना महामारीमा खाद्यन्य बितरण गरेको पालिकाले प्राविधि कठिनाई भएको भन्दै तत्काल नागरिकता दिलाउन सकेको थिएन । त्यसको दुई वर्षपछि ८० वर्षिय आमा देविमाया बुढाथोकी मृत्यु भयो । सरकारले दिने सेवा सुविधाबाट बञ्चित आमाले लामो समय नागरिकता र धनिपुर्जा नहुदा कष्ठकर जीवन बिताउनु भएको थियो । दुबै आधार तत्काल उपलब्ध नभए पनि गाउँपालिकाले समय समयमा राहत उपलब्ध भने गराएको थियो । तर पारिवारीक रेखदेखको अभावमा आमाको मृत्यु भयो । त्यसपछि एक्लीएका छोरा शेरबहादरलाई ढिलै भए पनि गाउँपालिकाले नागरिकता र धनिपुर्जा दिलाएको छ । आमालाई छुटेको नागरिकता र धनिपुर्जा ६५ वर्षपछि छोरालाई जुटेको छ ।
आमाको मृत्यु भएपछि शेरबहादुरलाई गाउँपालिकामा सात दिनसम्म संचालन भएको मालपोतको घुम्तिशिविर मार्फत जग्गा धनिपुर्जा बितरण गरेको १ नं. वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताउनुभयो । परिवारको जेठ्ठी पट्टीको आमा र छोरालाई कान्छी पट्टीका परिवारले नागरिकता र धनिपुर्जाबाट बञ्चित पारेको स्थानीयको आरोप छ । लामो समयदेखिको प्रयासपछि पीडित परिवारलाई अधिकार दिलाउन सफल भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनुभयो ।
.png)